बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

हेटौँडा अस्पताल

हेटौँडा, मकवानपुर
अपडेट हेटौंडा अस्पतालको नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।

स्वास्थ्य सेवा र शिक्षालाई मानव समुदायको अत्यन्तै महत्वपूर्ण अंगको रुपमा विकास गर्दै लानु पर्ने आवश्यकतालाई दृश्तिगत गर्दै नेपाल सरकारले स्थानीय स्तरसम्म संस्थागत विकास गर्न तथा भौतिक संरचनामा उल्लेखनीय उपलब्धी हासिल गरे तापनि उचित मानव संसाधनको व्यवस्थापन र गुणस्तरिय सेवाको पहुँचमा राम्रो सुधार हुन सकेको छैन । अत राष्ट्रिय स्वास्थ्य निति २०७६ ले सम्पूर्ण जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा सुलभ रुपमा उपलब्ध गराई जनताको स्वास्थ्य स्तर उकास्ने लक्ष्य राखेको छ । नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवा प्राप्त गर्नु जनताको मौलिक हकको रुपमा अंगिकार गरेको र स्वास्थ्य सेवा ऐन २०५३ तथा नियमावली २०५५ मा रहेको व्यवस्था अनुरुप स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिले स्तरीय सेवा प्रदान गर्ने उद्देश्य नेपाल सरकारले लिएको छ । जसको लागि हेटौँडा अस्पतालले पनि बारा, पर्सा, चितवन, रौतहट, सर्लाही तथा अन्य छिमेकी जिल्लाका अधिकतम वासिन्दा समेतलाई स्वास्थ्य सेवाको प्रवाहलाई आफ्नो क्षमता अनुरुप उपयोगमा ल्याइरहेको छ । हाल १० शैयाको हेटौँडा अस्पताल बागमती प्रदेश मातहत आएपछि अस्पतालको भौतिक संरचना एवं उपचारमा क्रमिक सुधार हुँदै आएको छ । यस अस्पतालका विध्यमान सेवाहरुलाई विस्तार तथा स्तरोन्नती गरि उपचारात्मक, प्रवर्धनात्मक र प्रतिरोधात्मक सेवालाई विकास गर्न यस हेटौँडा अस्पताललाई २०० शैयाको सेवा बिस्तार गर्न जरुरी देखिन्छ ।

हाल सञ्चालनमा रहेको अस्पताल बढ्दो जनसंख्याको चापको कारण मकवानपुरमा मात्र नभएर छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहट, सिन्धुलीबाट पनि उपचारका लागि आउने भएता पनि विरामीको रोगको प्रकृति अनुसार गुणस्तरीय सेवा प्रदान गर्न हाल सिमित दरबन्दी संरचना बावजुद पनि स्तरिय सेवा प्वाह भइरहेको छ । जाल जनताको माग बमोजिम थप विस्तार गर्ने, मृगौला रोग तथा डायलाइसिस, आइसियु, एचडियु सेवा साथै नवजात शिशुको लागि सघन उपचार कक्ष लगायतका सेवा उपलब्ध गराइरहेको व्यहोरा सर्वविदितै छ । पर्याप्त मात्रामा दरवन्दीको कमी भएता पनि अस्पताल विकास समितिको श्रोत र छात्रवृति करारबाट विशेषज्ञ चिकित्सकहरु व्यवस्था गरी ईमर्जेन्सी सेवा, ओपीडी सेवा, अन्तरंग सेवा र ल्याब तथा रेडियोग्राफी सेवाहरुमा २४ सै घण्टा गुणस्तरीय सेवा सञ्चालन भएरहेकोले यसलाई अब प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न यस अस्पताललाई स्तरोन्नति गर्न मनसिब देखिन्छ ।

मकवानपुर लगायत यस प्रदेशका अन्य जिल्लाका विरामीहरुको साथै, छिमेकी मधेश प्रदेशका बारा, पर्सा रौतहट र सर्लाहीका अधिकांश विरामीहरुलाई विशेषज्ञ सेवा दैनिक रुपमा ८०० देखि १००० जनालाई सेवा प्रवाह गरिदै आएको र अझ यसलाई व्यवस्थित र विशेषज्ञ सेवा प्रदान गर्नका लागि प्रदेश सरकारले २०० शैयाको बृद्धि गरी सोही बमोजिमको जनशक्ति दरवन्दी ओएनएम गरी स्तरोन्नति हरिदिएमा बागमती प्रदेशको राजधानीमा रहेको यस हटौँडा अस्पतालले सबै किसिमका विशेषज्ञ सेवा प्रदान गर्न सक्षमताको लागि पनि शैयाको अस्पताल अवधारणा पेश गरिएको हो ।

अन्तरङ्ग सेवा सुचारु रुपमा सञ्चालन गर्न पनि हालको विरामीको चापलाई पुरा गर्नका लागि हालको १७० बेड अपुग भए दैनिक बिरामी भर्नाको लागी कठिनाई परिरहेको छ । स्थान तथा दक्ष जनशक्तिको अभावको कारण प्रयोगशाला, रेडियोलोजी, फार्मेसी सेवा सञ्चालनमा पनि उत्तिकै समस्या रहि आएको छ । यसका अतिरिक्ष नेपाल सरकारले अनिवार्य प्रदारन गरिनुपर्ने परिवार नियोजन तथा सुरक्षित मातृत्व सेवा, खोप सेवा, पोष्टमार्टम, निःशुल्क औषधि कार्यक्रम, दैनिक प्रशासनिक कार्य तथा आपुर्ति व्यवस्थापनमा पनि हालको संरचना अपुग तथा जनशक्तिको कमि रही आएको छ । यस्तो परिस्थितिमा हाल रजेको कामचलाउ सांगठनिक संरचना तञा जनशक्तिलाई समसामायिक बृद्धि गरि बिरामीको चाप अनुसार सहजरुपमा गुणस्तरिय  बिशेषज्ञ सेवा प्रदान गर्न आवश्यक रहेको देखिन्छ । यसरी विश्लेषण गर्दा जनताको माग अनुसारको स्तरिय सेवा प्रदान गर्न यस अस्पताललाई स्तरवृद्धि गरी प्रयाप्त जनशक्ति र भौतिक सुविधासम्पन्न गराउन संगठनात्मक संरचना र दरवन्दी तत्काल पुनः परिमार्जन गरी कम्तिमा २०० शैयाको अस्पताल बनाउनुपर्ने देखिन्छ ।

नेपाल सरकारबाट ५० बेड बराबरको स्वीकृत हेटौँडा प्रादेशिक अस्पताल बागमती प्रदेशको राजधानी तथा पूर्व पश्चिम राजमार्गसँग जोडिएको अस्पताल हो । यस अस्पतालमा मकवानपुर बाहेक जिल्लाहरु, जस्तै : बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली तथा चितवनका पूर्वी भेगका सेवाग्राहिहरु स्वास्थ्य सेवा लिन आउँछन् । धैरै लामो समय देखि मकवानपुर जिल्ला स्वास्थ्य क्षेत्रमा पिछडिएको मानिएको छ । हेटौँडा अस्पताल दुई ढुंगाको तरुल झैँ मानिन्छ । किनकी केही घण्टामा विशेषज्ञ सेवा सुविधा सहितको अस्पतालहरु विरगञ्ज, भरतपुर तथा काठमाडौँमा रहेता पनि यस अस्पतालले पनि कम जनशक्ति, कम विशेषज्ञ हुँदा हुँदै पनि अस्पताल विकास समिति र छात्रवृत्ति करारका विशेषज्ञ जनशक्ति लिई सेवाग्राहीहरुलाई स्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । यस्तो परिस्थितिमा यस हेटौँडा अस्पताललाई २०० बेड सम्मको स्तरोन्नती प्रदेश सरकारले गरेमा पिआइसियु, एनआइसियु, तथा अन्य विशेषज्ञ सेवा विस्तार गर्न सकिने देखिन्छ ।