बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

हेटौँडा अस्पताल

हेटौँडा, मकवानपुर
अपडेट हेटौंडा अस्पतालको नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।

अर्थोपेडिक्स सर्जन

डा. रामचन्द्र सापकोटा

मेडिकल सुपरइन्टेन्डेन्ट

९८५११७८०६९

हेटौँडा

मेडिकल सुपरिटेन्डेण्टको मन्तव्य

मकवानपुर जिल्लाको सुन्दर नगरी हेटौँडाको राप्ती नदी किनारमा अवस्थित यो अस्पताल सुरुमा २०१६ सालमा १५ वेड बाट शुरु भै जिल्ला अस्पतालको रुपमा २२ सालमा स्थापना भएको हो । विकाशको क्रममा हेटौँडा अस्पताल विकास सेवा समितिको रुपमा गठन भै सो विकास सेवा समिति अस्पतालको विकाश गर्ने एवं सहयोग गर्ने क्रममा विकास सेवा समितिको रुपमा गठन भै सो विकास सेवा समिति अस्पतालको विकाश गर्ने एवं सहयोग गर्ने क्रममा विकास सेवा समितिले २५ शैया थप गरी नेपाल सरकारको २५ शैया र विकास समितिको २५ शैया गरी जम्मा ५० शैया सञ्चालन भै सेवा प्रदान आएको अवस्थामा आर्थिक वर्ष २०६१/६२ सालमा मन्त्री परिषदको निर्णयानुसार उप क्षेत्रीय अस्पतालको रुपमा नामाकरण गरिए पनि उप क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण मिति २०७१/०३/२० को मन्त्री परिषद्को निर्णयले ५० शैया कायम गरी सोही अनुसार दरबन्दी स्थापना भै पदपुर्ति भएको क्रममा रहेको र नेपाल सरकारको ५० शैया सञचालनमा आएको र विकास समितिको ११० शैया कायममै अन्य शैया १० रहेकोले यस अस्पतालमा १७० शैया प्रयोग भइरहेको छ ।

अहिले हेटौडा अस्पतालमा करिव ४३० जना कर्मचारीहरु कार्यरत हुनुहुन्छ । त्यसमा चिकित्सकहरुको हकमा विभिन्न विषयका ३५ विशेषज्ञ र २७ जना मेडिकल अधिकृतहरुले चिकित्सकिय सेवा दिई रहनु भएको छ । स्वास्थ्य मन्त्रालयको न्युनतम सेवा मापदण्ड अनुसार ५० बेडका अस्पताल मध्ये हेटौडा अस्पताल क्रमबद्ध रुपले अगाडी बढि रहेको छ ।

डा. रामचन्द्र सापकोटा
निमित्त प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट