बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

हेटौँडा अस्पताल

हेटौँडा, मकवानपुर
अपडेट हेटौंडा अस्पतालको नयाँ वेबसाइट सञ्चालनमा आएको छ ।

हेटौडा अस्पताल सञ्चालन तथा ब्यबस्थापन समितिको अध्यक्ष

राजेश प्रसाई

अध्यक्ष

९८५२६७८९८०

हेटौँडा

हेटौडा अस्पताल सञ्चालन तथा ब्यबस्थापन समितिको अध्यक्षको मन्तव्य  

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्र्तराष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना बागमती प्रदेश सरकारबाट २०७६ आश्विन २ गते भएको हो । सेवा, अध्ययन — अध्यापन तथा अनुसन्धान तीन प्रमुख उदेश्य लिएको यस प्रतिष्ठानले २०७७ चैत १६ गते देखि विधिवत कानुनीरुपमा प्रदेश सरकार मातहतमा रहेको यस हेटौंडा अस्पताललाई प्राप्त गरेको छ ।

२०१६ सालमा स्वास्थ्य सेवा प्रारम्भ गरेर २०२२ साल देखी जिल्ला अस्पतालको रुपमा सेवा दिँदै आएको हेटौडा अस्पतालले धेरैवटा आरोह अवरोहहरु, आशा र निराशाका क्षणहरु व्यहोर्दै आजसम्म आईपुग्दा मकवानपुर र आस पासका जिल्लाहरुबाट आउनु भएका दैनिक ८०० देखी १००० को हाराहारीमा बिरामीहरुको सेवा पुर्‍याउदै आइरहेको छ । अस्पतालको भौतिक संरचनाहरुका साथै औजार, उपकरणहरु जडान गर्ने कार्य पछिल्ला दिनहरुमा तिब्र बनेको छ । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, हेटौडा उपमहानगरपालिका र अन्य संघ संस्था समेतको सहयोगमा आई.सि.यु, एनआइसियु, पिआइसियु सेवा संचालन गर्ने । अस्पतालको जमीनको संरक्षण गर्नु, सेवा विस्तारको निमित्त सबै स्रोतहरुको प्रभावकारी परिचालन गर्नु र अस्पताल संचालन तथा बिकासको निमित्त सबैको सहभागिता जुटाउनु हाम्रो जिम्मेवारी हो । प्राबिधिक रुपले अस्पताललाई अत्याधुनिक बनाउँदै सजिलो, छिटो र भरपर्दो तवरले सेवा प्रवाह गर्नु हाम्रो अठोट रहेको छ । सेवा सञ्चालन भैरहेको पुरानो भवनको स्थानमा नयाँ बनिरहेको सन्दर्भमा सेवा दिन लिन निश्चित रूपमा केही कठिनाइ हुनु स्वभाविक नै हो र त्यसको बावजुत पनि सेवामा कमी हुन नदिन हाम्रो प्रयास जारी रहनेछ ।

अन्त्यमा तपाईहरु सबैजनाको अमुल्य सुझाव र सहयोगले मात्र हामीलाई सेवा सञ्चालन गर्दै अगाडी बढ्न र उपरोक्त योजनाहरु पुरा गर्न सम्भव हुनेछ । हेटौडा अस्पतालको गत तीन वर्षको प्रगति मुल्याङ्कन विवरण प्रस्तुत गर्दै जे जस्तो स्थिति हाम्रो अगाडी देखा परेको छ यसबाट अस्पतालको हालको अवस्था र हाम्रा सामु खडा समस्या प्रष्ट रहेको छ । प्रगति विवरण प्रकाशनको उपलक्ष्यमा हार्दिक बधाइ एवं यो अबसरमा सेवाग्राहीहरूको सेवामा लाग्नुहुने र यो प्रगति विवरण लेखनमा जुट्नु भएका सवैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

राजेश प्रसाई
अध्यक्ष
हेटौंडा अस्पताल सञ्चालन तथा ब्यबस्थापन समिति